
काठमाण्डौँ । बाढी–पहिरोका कारण १० हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेका छन् । भारी वर्षापछि आएको बाढी–पहिरोका कारण विभिन्न १२ जिल्लाका १० हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेका हुन् ।
पहिरोमा परेर हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको विवरण आएको जनाइएको छ । यस्तै विपद्बाट १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
तीन वटा विद्यालय विपद् प्रभावितका लागि प्रयोग भइरहेको छ । थप क्षति तथा प्रभावितको विवरण आउन बाँकी रहेकाले यो सङ्ख्या बढ्न सक्ने मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।
शिक्षा मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ । मन्त्रालयले हिजो ९असोज १२ गते० एक विज्ञप्ति जारी गर्दै विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भन्दै देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
मन्त्रालयको अनुरोधपछि बढी प्रभावित क्षेत्रका विद्यालय बन्द छन् । कम प्रभावित स्थानीय तहका विद्यालय भने सञ्चालनमै छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अर्जुन ढकालले शनिबारको वर्षा र बाढीले ठुलो क्षति भएको जानकारी दिए । बिदाको दिन परेकाले मानवीय क्षति कम भएको उनको भनाइ छ ।
केन्द्रले विपद् व्यवस्थापन अन्तर्गत तत्कालका लागि भनेर २र३ वटा काम अगाडि बढाएको छ । जसमा सातै प्रदेशलाई विपद् व्यवस्थापन गर्न २र२ करोड रुपैयाँ अनुदान भनेर बजेट छुट्ट्याएको छ ।
त्यस्तै सिकाइ निरन्तरताका लागि ‘रियल प्लान’ कार्यान्वयनका लागि ७५३ वटै पालिकामा ४ लाखदेखि १० लाख रुपैयाँसम्मको बजेटको व्यवस्था गरेको छ । त्यसले तत्काल परेको क्षतिलाई सम्बोधन गर्न सक्ने अवस्था नभएमा केन्द्रबाट थप बजेट पठाइने निर्देशक ढकालले बताए ।