ट्रेन्डिङ

६ करोड रुपैयाँ ठगी आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष र सदस्य पक्राउ

वीरगन्ज । बचतकर्ताको करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष र एक सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अशोक केसी र सदस्य रामहरि सिलवाल रहेका छन्। दोलखाको मेलुङ गाउँपालिका–६ का स्थायी बासिन्दा ३४ वर्षीय अध्यक्ष केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले जानकारी दिए।

यसैगरी, चितवनका बासिन्दा सदस्य रामहरि सिलवाललाई भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाटै पक्राउ गरेको हो। उनलाई पनि थप अनुसन्धानका लागि रुपन्देही पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए।

सहकारीले बचतकर्ताको कूल ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ। यो ठगी प्रकरणमा संलग्न अध्यक्षसहितका व्यक्तिहरूविरुद्ध २०८१ वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो। महिनौंदेखि फरार रहेका उनीहरूलाई प्रहरीले खोजी गरिरहेको थियो। दुवै जना पक्राउ परेपछि अब ठगी प्रकरणको थप अनुसन्धान अघि बढ्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै