ट्रेन्डिङ

मधेशका सभामुख मण्डलद्वारा सडक कालोपत्रे योजनाको शिलान्यास

जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, मालटोलमा एक निर्वाचन क्षेत्र ५ किलोमिटर सडक कालोपत्रे योजनाको शिलान्यास गरेका छन्।

सभामुख मण्डलले आज एक औपचारिक कार्यक्रमबीच सो सडकको शिलान्यास गरेका हुन्। यस परियोजनाले मालटोल क्षेत्रको यातायात सुविधामा सुधार ल्याउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। यस योजनाले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। कालोपत्रे सडक निर्माण भएपछि आवतजावत सहज हुने र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन किसानहरूलाई सहज हुने स्थानीयले बताएका छन्।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न सामाजिक अगुवाहरू, राजनीतिक दलका प्रतिनिधिहरू र ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सभामुख मण्डलले प्रदेश सरकार जनताको विकास र समृद्धिको लागि प्रतिबद्ध रहेको बताए। उनले यस्ता पूर्वाधार विकासका कामले स्थानीय जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै