ट्रेन्डिङ

पचरौतामा नगर प्रमुखको पहलमा नयाँ ट्रान्सफर्मर जडान, स्थानीयवासी हर्षित

कलैया । महिनौंदेखि ट्रान्सफर्मर बिग्रिएर बिजुलीको समस्या भोगिरहेका बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेलदारीवासीका लागि आज नयाँ ट्रान्सफर्मर जडान भएसँगै खुसी फर्किएको छ।

नगर प्रमुख जलन्धर सिंहको विशेष पहलमा ट्रान्सफर्मर जडान भएपछि स्थानीयवासीले ठूलो राहतको सास फेरेका छन्। लामो समयदेखि ट्रान्सफर्मर बिग्रिएका कारण बिजुली आपूर्ति बन्द हुँदा घरायसी कामकाजदेखि लिएर व्यावसायिक तथा कृषि गतिविधिहरूसमेत प्रभावित भएका थिए। यसले गर्दा दैनिक जीवनयापनमा समेत असहजता आएको थियो। तर, बुधबार यो समस्या समाधान गर्दै पुरानो क्षमताविहीन ट्रान्सफर्मर हटाई गुणस्तरीय र क्षमतावान ट्रान्सफर्मर जडान गरिएको छ।

स्थानीय स्तरमा लामो समयदेखि उठाइएको यस महत्वपूर्ण समस्यालाई नगर प्रमुख सिंहले व्यक्तिगत चासो लिँदै नयाँ ट्रान्सफर्मर खरिद गरी समाधानमा पुर्‍याएका हुन्। एक स्थानीयका अनुसार, नगर प्रमुखले जनताको समस्याप्रति संवेदनशीलता देखाएर समयमै पहल गरेका कारण यो समाधान सम्भव भएको हो।

बेलदारीका स्थानीय बासिन्दाहरूले आफ्नो समस्यालाई समयमै सम्बोधन गरीदिएकोमा नगर प्रमुख जलन्धर सिंहलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै