ट्रेन्डिङ

मापदण्ड उल्लंघन गरेका लहानका चार पानी उद्योगलाई जरिवाना

लहान । सिरहाको लहानमा मापदण्डविपरीत सञ्चालित चारवटा पिउने पानी प्रशोधन उद्योगलाई ५,००० रुपैयाँ का दरले जरिवाना गरिएको छ।

इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा मंगलबार गरिएको संयुक्त अनुगमनका क्रममा ती उद्योगहरूलाई कारबाही गरिएको हो। जरिवानामा पर्ने उद्योगहरूमा लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ र ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटर’ रहेका छन्।

इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो। यी उद्योगहरूले पिउने पानी प्रशोधनसम्बन्धी तोकिएका मापदण्ड पालना नगरेको भेटिएपछि जरिवाना गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै