ट्रेन्डिङ

वीरगन्जको पावर हाउस चोकबाट सडक आश्रित पुरुषको उद्धार

वीरगन्ज । वीरगन्जको पावर हाउस चोकबाट आज एक जना सडक आश्रित पुरुषको उद्धार गरिएको छ।

मानसिक स्वास्थ्य अवस्था कमजोर देखिएका अन्दाजी ३५ वर्षीय ती पुरुषको उद्धार मानवसेवा आश्रम वीरगन्ज शाखाले गरेको हो।

आश्रमका संयोजक देवेश गुप्ताका अनुसार उद्धार गरिएका पुरुषले आफ्नो नाम र ठेगाना स्पष्ट बताउन सकेका छैनन्। तत्कालका लागि उनलाई मानवसेवा आश्रममा राखिएको छ। उनको मानसिक तथा नसा रोग विशेषज्ञ डा. भरत गोइतको निगरानीमा औषधोपचार गरिने आश्रमले जनाएको छ।

उद्धार कार्यमा संयोजक गुप्तासहित सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै