ट्रेन्डिङ

वीरगन्जमा ७ लाख बढीको अवैध कपडा बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, पर्साअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगन्जले तस्करी नियन्त्रण अभियानलाई थप तीव्र पारेको छ।

यसै क्रममा, हालै दुई स्थानमा गरिएको छापामार कारबाहीबाट ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरका भन्सार छलिएका अवैध कपडा बरामद गरिएको छ। साउन ११ गते प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज–१०, आदर्शनगरका दुई छुट्टाछुट्टै स्थानमा एकैदिन छापा मारेको थियो।

पहिलो छापा साँझ ४ः३५ बजे आदर्शनगरस्थित एक गोदाममा मारिएको थियो, जहाँ चोरी पैठारी गरिएका रेडिमेड कपडा फेला परेका थिए। त्यसको केही समयपछि साँझ ५ः५५ बजे स्थानीय अरुण कुमार तेलीको घरमा मारिएको दोस्रो छापामा पनि ठूलो परिमाणमा अवैध कपडा बरामद भएको थियो।

उक्त अपरेसनमा डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी र भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारी सहभागी थिए। बरामद गरिएका सबै कपडा वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै