ट्रेन्डिङ

वर्षा नभए पचरौता नगरले जमुनी नदीमा बाँध निर्माण गर्ने

बारा । आकाशे पानीको अभावमा सिँचाइमा कठिनाइ भोगिरहेका पचरौताका किसानहरूको समस्या समाधान गर्न पचरौता नगरपालिकाले जमुनी नदीमा उच्च बाँध (हाइड्याम) निर्माण गर्ने भएको छ।

वर्षा नभएमा छिट्टै नै निर्माण कार्य सुरु गरिने नगर प्रमुख जलन्धर सिंहले जानकारी दिएका छन्। नगर प्रमुख सिंहले आइतबार दिउँसो नारायणी सिँचाइअन्तर्गत पर्ने जमुनी नदीको ब्यारेजको स्थलगत निरीक्षण गरी बाँध निर्माणबारे सरोकारवालाहरूसँग छलफल गरेका छन्। उक्त छलफलमा पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादव, मकबूल मियाँ अंसारी, गगनदेव प्रसाद यादव, वडा सदस्यहरूलगायतको सहभागिता रहेको थियो।

वर्षाको कमीका कारण यस वर्ष धान रोपाइँ तथा अन्य बालीनालीमा सिँचाइको अभाव देखिएको छ। यसले किसानहरूलाई ठूलो समस्या परेको छ। नगर प्रमुख सिंहले किसानहरूको यस समस्यालाई मध्यनजर गर्दै तत्काल सिँचाइको व्यवस्था मिलाउन बाँध निर्माणको योजना अघि सारेका हुन्। यदि मौसम अनुकूल रहेन र वर्षा भएन भने यो बाँधले किसानहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै