ट्रेन्डिङ

श्रीमतीसँगको झगडामा दखल दिँदा दाइको हत्या, भाइ भारत भाग्दै गर्दा समातिए

सिरहा । आफ्नै श्रीमतीसँगको झगडामा दखल दिएका दाइको हत्या गरी फरार रहेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति भुटका भनेर चिनिने श्याम कुमार सदा हुन्।

सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ८ गते राति करिब ९ बजे गोलबजार नगरपालिका–३ स्थित पुरन्डी टोलमा श्याम कुमार सदा र उनकी श्रीमती कौशिला देवीबीच घरायसी विवाद चर्किएको थियो।

सो झगडालाई मिलाउन उनका दाइ मोतिराम सदा घटनास्थल पुगेका थिए।

त्यही क्रममा झगडा थप उत्कर्षमा पुग्दा भुटकाले धारिलो हतियार प्रयोग गरेर आफ्नै दाइ मोतिराम सदामाथि आक्रमण गरेका थिए।

गम्भीर घाइते भएका मोतिरामको उपचारका क्रममा मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

हत्या पश्चात फरार रहेका श्याम कुमारलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनाको मूल कारण पारिवारिक झगडा नै रहेको देखिएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै