ट्रेन्डिङ

मधेसमा तत्काल ५०० डिप बोरिङ जडान गरिने प्रधानमन्त्री ओलीको घोषणा

वीरगन्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा सिँचाइ र खानेपानीको समस्या समाधान गर्न तत्काल ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरेका छन् ।

शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीको अभावले प्रत्यक्ष असर भोगिरहेको मधेस प्रदेशका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे ।

“पहिलो चरणमा ५०० वटा डिप बोरिङ तत्काल जडान गरिनेछ,” प्रधानमन्त्री ओलीले भने, “दीर्घकालीन समाधानका उपाय पनि सरकारले अवलम्बन गर्नेछ ।”

प्रधानमन्त्री ओलीले केही दिनअघि हवाई उडानमार्फत महोत्तरी आउँदा अधिकांश जमिन सुक्खा देखिएको स्मरण गर्दै मधेस प्रदेशका सबै जिल्लामा खानेपानी र सिँचाइको समस्या गम्भीर भएको बताए ।

“सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ,” उनले भने, “अब विशेष कार्यक्रममार्फत जनतालाई राहत पुर्याइनेछ ।”

सरकारको मन्त्रिपरिषद् बैठकले यही साउन ७ गते तीन महिनाका लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछिको अवलोकन क्रममा प्रधानमन्त्री ओलीले तराई मधेसका विभिन्न क्षेत्र घुमेका थिए । उनले अबको प्राथमिकता पानीको सुनिश्चितता रहेको जनाउँदै भने, “हामी तत्काल र दीर्घकालीन योजना दुवैमार्फत यो संकट समाधान गर्छौँ ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै