ट्रेन्डिङ

धनुषामा बेपत्ता बालक पोखरीमा मृत फेला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा बुधबारदेखि बेपत्ता भएका एक ७ वर्षीय बालक पोखरीमा मृत फेला परेका छन्।

यो घटनाले स्थानीयवासी र परिवारजनलाई गहिरो शोकमा डुबाएको छ। मृत फेला पर्नेमा सबैला नगरपालिका–१०, खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेका छन्। उनी बुधबार बिहान ११ बजेतिर घरबाट खेल्न निस्केका थिए। परिवार र स्थानीयले खोजी कार्य जारी राखेका थिए।

बिहीबार बिहान करिब १० बजेतिर बालकको शव घर नजिकैको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर बालकको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै