वीरगन्ज । मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
मधेस जलसंकटमा परेपछि प्रदेश सरकारले २६ असारमा मधेसलाइ सुक्खाग्रसत क्षेत्र घोषणा गरेको थियो । त्यस लगत्तै प्रदेश सरकारले संघीय सरकारलाई औपचारिकरुपमा पत्र लेख्दै मधेसमा प्याकेजका कार्यक्रम लागु गर्न आग्रह गरेको थियो ।