काठमाडौं | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन मंगलबार छापावाल सुन १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य २ हजार ३२० रुपैयाँ थियो।