ट्रेन्डिङ

सर्लाहीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु, चालक पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१ लचकास्थित सडकखण्डमा भएको दुर्घटनामा सर्लाहीकै हरिवन नगरपालिका–४ निवासी ३१ वर्षीय रामबहादुर स्याङतानको ज्यान गएको हो।

को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा गम्भीर घाइते भएका स्याङतानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनापछि घाइते स्याङतानलाई मोडेल अस्पताल, लालबन्दीमा प्रारम्भिक उपचार गरिएको थियो।

अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल, मलंगवा लैजाने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

चालक पक्राउ

दुर्घटनापछि प्रहरी टोलीले ट्यांकर चालक सुनसरीको रामधुनी नगरपालिका–९ निवासी ३२ वर्षीय अरबिन्द महतोलाई नियन्त्रणमा लिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका सई भरत साहले जानकारी दिए।

प्रहरीका अनुसार सवारी दुर्घटनामा लापरबाहीको आशंका गरिएको छ र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै