ट्रेन्डिङ

चितवनमा बलेरोको ठक्करबाट वीरगन्जका राम अवतारको मृत्यु

वीरगन्ज । चितवनमा बलेरोले ठक्कर दिँदा पर्सा जिल्लाको एक युवकको मृत्यु भएको छ ।

बलेरोको ठक्करबाट पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका युवकको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति मृत्यु भएको हो ।

ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै