ट्रेन्डिङ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

वीरगन्ज । चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिँदै अग्रवाललाई अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि टोखाबाट पक्राउ गरिएको बताए । ‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले भने ।

अग्रवालमाथि लागेको आपराधिक लाभ र ठगीको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै