ट्रेन्डिङ

निवर्तमान मन्त्री राजकुमार गुप्तासँग अख्तियारको सोधपुछ सुरु

वीरगन्ज । घुस लेनदेन प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान मन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक सोधपुछ सुरु गरेको छ।

विवादित अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा राजीनामा दिएका गुप्तामाथि अख्तियारले गम्भीर अनुसन्धान थालेको हो।

अख्तियार स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूको टोलीले गुप्तासँग घुससम्बन्धी अडियोको विषयमा सोधपुछ गरिरहेको छ। यस क्रममा उनको आवाजको नमुना (भोइस स्याम्पल) लिने तयारी पनि छ। ‘उहाँलाई आयोगमा उपस्थित हुन भनिएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ एक अख्तियार स्रोतले भन्यो, ‘त्यस क्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ।’

सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताको आवाज भनिएको थियो। उक्त अडियोको प्रामाणिकता जाँच्न र वास्तविकता पत्ता लगाउन उनको वास्तविक आवाजसँग नमुनाको परीक्षण गरिनेछ। आयोग स्रोतले भन्यो, ‘आवाज रेकर्ड गर्न उहाँसँग अनुमति लिइन्छ, अनि सोधपुछकै सिलसिलामा रेकर्ड भएको आवाज केही दिनअघि सार्वजनिक भएको आवाजसँग परीक्षण हुन्छ।’

गत हप्ता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाका विषयमा एक बिचौलिया भनिएका व्यक्ति र मन्त्री गुप्ताबीचको टेलिफोन संवाद बाहिरिएको थियो। सो अडियोमा आर्थिक लेनदेनको प्रसंग जोडिएको थियो, जसले गर्दा गुप्तालाई राजीनामा दिन बाध्य पारेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै