ट्रेन्डिङ

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

वीरगन्ज । अर्घाखाँचीमा अब बाँदर र बँदेलको आतंकबाट किसानहरूले राहत पाउने भएका छन्।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने बालीनालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले २० जना हेरालु लाई रोजगारी दिएको छ। कार्यालयले आइतबार यी हेरालुहरूको नाम सार्वजनिक गर्दै उनीहरूलाई सोमबार सम्झौता र अभिमुखीकरणका लागि बोलाएको छ। यो पहलले किसानको खेती सुरक्षित गर्नुका साथै मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

डिभिजन वन कार्यालयले सामुदायिक वन समूहहरूसँगको सहकार्यमा यो योजना अघि बढाएको हो। कार्यालय अन्तर्गतका वन व्यवस्थापनमा सक्रिय समूह कोषमा पर्याप्त आय भएका सामुदायिक वनहरूले पनि यसमा योगदान पुर्‍याउने जनाइएको छ। तोकिएको समयमा अभिमुखीकरणमा उपस्थित नहुने हेरालुहरूसँग भने सम्झौता नहुने कार्यालयले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै