वीरगन्ज । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि यो कारबाही भएको हो। जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराका अनुसार, अदालतको अनुमतिमा अहिराजलाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको छ।
उनीविरुद्ध चैत २५ गते नै पुर्जी जारी भएको थियो। एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।