ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच च्यासलमा ‘वान टु वान’ वार्ता सुरु

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी कार्यालय च्यासलमा महत्त्वपूर्ण ‘वान टु वान’ भेटवार्ता भइरहेको छ। दिउँसो ३ बजेका लागि तय भएको भेट प्रधानमन्त्रीको व्यस्तताका कारण एक घण्टा ढिलो गरी ४ बजेबाट सुरु भएको हो।

भण्डारी प्रधानमन्त्री ओलीसँगको भेटका लागि केहीबेरअघि नै च्यासल पुगेकी थिइन्। त्यस क्रममा उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलसँग पनि अनौपचारिक कुराकानी गरेकी थिइन्।

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीको पार्टी सदस्यताको विषयले पछिल्लो समय एमालेभित्र चर्को बहस सिर्जना गरेको छ। भण्डारीले आफ्नो सदस्यता नवीकरण गरेको दाबी गरे पनि प्रधानमन्त्री ओलीले पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको खुलासा गरेका थिए। हिजोको पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि भण्डारीको सदस्यता ‘पेन्डिङ’मा रहेको बताएका थिए।

यही पृष्ठभूमिमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णय लिनुअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार यो भेटघाट हुन लागेको जानकारी दिएका छन्। यस भेटलाई भण्डारीको पार्टी प्रवेश र भविष्यको भूमिका निर्धारणका लागि महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै