ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकमा यात्रुवाहक कारमा ढुङ्गा खस्यो, ३ भारतीय घाइते

वीरगन्ज । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको एक कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला क्षेत्रमा आज दिउँसो २ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो।

भारतीय नम्बर प्लेट युपी ८० जीपी २९२८ को कारमाथि खसेको ढुङ्गाले गर्दा गाडीमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार, कार चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ।

यसैगरी, कारमा सवार अन्य दुई यात्रु ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर नरहेको र उनीहरूलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको खनालले जानकारी दिए ।

पछिल्लो समय वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो र ढुङ्गा खस्ने क्रम बढेको छ। यो घटनाले सडकमा यात्रा गर्ने यात्रुहरूलाई थप सचेत रहन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै