ट्रेन्डिङ

‘प्रमाण भेटिए जस्तोसुकै सजाय भोग्न तयार छु’ : भूमीमन्त्री बलराम अधिकारी

वीरगन्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि सार्वजनिक भएको घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यदि प्रमाण फेला परे जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्।

आज मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

‘यहाँहरूले अडियो सुन्नुभएको छ,’ मन्त्री अधिकारीले भने, ‘मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु।’ उनले कसैले नियोजित रुपमा चलाएका हल्लाका पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने चेतावनीसमेत दिए।

मन्त्री अधिकारीले आफूमाथि उठेका प्रश्नहरूलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे। उनले पत्रकार सम्मेलनमा खुलासा गरेअनुसार, केही व्यक्तिहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि एक मालपोत अधिकृतलाई फिर्ता गराउन आफूकहाँ आएका थिए। ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले हुन्नँ भनेँ। त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले स्पष्ट पारे।

मन्त्री अधिकारीले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि बताए। उनले थपे, ‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन। मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन। उहाँले जान्न भन्नुभएको थियो होला।’ उनले ती अधिकृत मुद्दामा गएको र फैसला पक्षमा नआएपछि अहिले आफ्नो नाम र परिवारलाई जोडेर चरित्र हत्याको प्रयास गरिएको आरोप लगाए।

पोखराको जग्गासँग जोडिएर आफू विवादमा मुछिएको विषयमा स्पष्ट पार्दै मन्त्री अधिकारीले अडिओमा सुनिएका आवाज र व्यक्त गरिएका कुराहरू आफ्नो नभएको बताए। उनले भने, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै