ट्रेन्डिङ

किसानको धान रोप्दैँ माओवादी नेता

जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योंग कम्यूनिष्ट लिग (वाइसिएल) नेपालले स्थानीय किसानहरुको खेतमा धान रोपेका छन् ।

पानीको अभावबाट जुझिरहेका मधेशका किसानहरु खेतिहार मजदुरहरुको अभावका कारण खेतमा धान रोपाइँसमेत गर्न नसकिरहेको अवस्थामा वाइसिएलले थालेको धान रोपाइँ कार्यक्रमका कारण स्थानीय किसाहरुले राहत पाएका छन् ।

स्थानीय किसान नथुनी साहले आफुले खेतिहर मजदुर नपाउँदा खेतमा धान रोपाइँ गर्न नसिकरहेको अवस्थामा माओवादीका युवाहरुको एक समूहले धान रोपिदिँदा आफू खुसी भएको बताए ।
जसोतसो खेतमा धान रोप्नका लागि पानी सिञ्चित गर्न सके पनि धान रोप्नका लागि गाउँमा मजदुर नपाउँदा निकै समस्या उत्पन्न भइरहेको अवस्थामा धान रोपिदिएकोमा वाइसिएललाई स्थानीय किसान नथुनी साहले धन्यवाद पनि दिए ।

यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले खेतीपाती गरेर नै नेता बनेकाले खेतीपाती गरेर श्रमसँग जोड्नुपर्ने बताएका छन् ।
धान रोपाइँ गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका नेता यादवले मधेश प्रदेशबाट नै १५ लाख वैदेशिक रोजगारमा रहेको र जसमध्ये धनुषा जिल्लाबाट मात्रै अनुमानित साढे ३ लाख युवा रोजगारीका निमित्त विदेशिनु दुःखद रहेको भन्दै युवाहरुलाई श्रम र उत्पादनसँग जोड्नुपर्ने अपरिहार्य रहेको बताए ।

उनले छिट्टै नै केही जग्गा लिजमा लिएर सामूहिक खेतीबारी गर्ने तयारी थालिएको योजना सुनाए ।
वाईसिएलले देशव्यापी रुपमा थालेको श्रम तथा उत्पादनमा वाईसिएल भन्ने मुल नाराका साथ मधेश प्रदेशको धनुषाबाट धान खेती रोपाइँबाट अभियान थालिएको वाईसिएलका केन्द्रीय सचिव दीपक पटेलले जानकारी दिए ।
उनले यो अभियान निरन्तर जारी रहने र किसानलाई सहयोग गर्ने गरीसमेत आफूहरु लागिपर्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै