ट्रेन्डिङ

मन्त्री पदबाट राजीनामा दिएका गुप्तालाई पक्राउ गरी छानबिन गर्न रास्वपा र राप्रपाको माग

वीरगन्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मङ्गलबार प्रतिनिधिसभा बैठकमा सशक्त विरोध प्रदर्शन गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै दुवै दलका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

सभामुखले समय दिएपछि रास्वपा सांसद शिव नेपालीले मन्त्री गुप्ताको राजीनामा मात्र पर्याप्त नभएको बताए । उनले घूस काण्डमा मुछिएका मन्त्री गुप्तामाथि सत्य तथ्य छानबिन हुनुपर्नेमा जोड दिए । सांसद नेपालीले मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाएको भए पनि गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर ‘पद लोलुपता’ देखाएको आरोप लगाए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भन्दै प्रश्न पनि गरे ।

राप्रपाले आजै पदबाट राजीनामा दिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्र नपुग्ने भन्दै पक्राउ गरी छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद शाहीले बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक भइसक्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्दै अख्तियारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै