ट्रेन्डिङ

नेविसंघका दर्जनौं नेता पक्राउ, तत्काल रिहाइको माग

वीरगन्ज । शैक्षिक माग राख्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का दर्जनौं नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल कमर्श क्याम्पसमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने जस्ता माग राख्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको हो।

नेविसंघले प्रहरी हस्तक्षेपको कडा निन्दा गर्दै पक्राउ परेका सबै विद्यार्थी नेताहरूको तत्काल बिनासर्त रिहाइको माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै प्रहरीको यस कार्यलाई ‘अत्यन्तै निन्दनीय’ बताएका छन्।

पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य तथा नेपाल कमर्श क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा, नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अनसुल केसी, नेपाल कमर्श क्याम्पसका उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ कलेजका इकाई कार्यवाहक अध्यक्ष पृथ्वीजंग थापा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी सङ्गठनका अध्यक्ष महेन्द्र खड्का, विद्यार्थी नेताहरू उत्सव देवकोटा, रन्चिर विष्ट, एलेक्स सिंघानिया लगायत अन्य दर्जनौं विद्यार्थी नेताहरू रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै