वीरगन्ज । खोलामा पौडी खेल्दा डुबेर बाराका एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ घर भई काठमाण्डौं माइतीघर बस्ने सुरेशचन्द्र गुप्ताका छोरा १८ वर्षका कर्ण भन्ने प्रणय गुप्ता छन् ।
उनी शनिबार साँझ साथीहरुसंग मार्खु घुम्न गएका थिए । त्यहि क्रममा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित सिम्लाङ खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका मकवानपुरका डिएसपी श्यामु अर्यालले जनाए ।
घटनाको जानकारी पाएलगत्तै अस्थायि प्रहरी पोष्ट मार्खु, इलाका प्रहरी कार्यालय पालुङ र इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको टोलीले उनको खोजी तीव्र पारेको छ ।
यो समाचार तयार पार्दासम्म बेपत्ता प्रणय फेला नपरेका मकवानपुर प्रहरीले जानकारी दिएको छ ।