ट्रेन्डिङ

‘पार्टी बनाउने आँट छ, मुद्दाकै कारण पार्टीले बिदा गरे स्वीकार्छु’ : माधव नेपाल

वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा चलाइएकै कारण पार्टीले बिदा गर्न चाहेमा त्यसलाई सहर्ष स्वीकार गर्ने बताएका छन्।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

अध्यक्ष नेपालले आफूमाथि मुद्दाकै आधारमा पार्टी कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको स्पष्ट पारे। उनले आफूसँग अझै पनि पार्टी निर्माण गर्ने आँट रहेको र विभिन्न चुनौतीहरूको सामना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो सार्वजनिक जीवनमा एक पैसा पनि घुस नलिएको दाबी गर्दै उनले आफूलाई कुनै डर नरहेको दोहोर्‍याए। यो भनाइले उनीमाथि लागेका आरोपहरूको खण्डन गर्ने प्रयास गरेको देखिन्छ।

नेपालले मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदाहुँदै आफूमाथि प्रतिशोधपूर्ण ढङ्गले मुद्दा चलाइएको दाबी गरे। उनले आफूमाथि मुद्दा चलाउनेहरूलाई चेतावनी दिँदै भने, ‘अहिले ममाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्छन्।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै