वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा छड्के हानेका छन् ।
मन्त्री यादव नेतृत्वको टोलीले बिहीबार कार्यालयको छड्के अनुगमन तथा निरिक्षण गरेको हो ।
सो क्रममा संस्थान तथा कर्मचारीहरुको कार्यप्रणालीबारे ‘ब्रिफिङ’ लिदैँ उनले जनताको सेवालाइ प्राथमिकता दिन आग्रह गरे ।

वीरगन्ज महानगर क्षेत्रमा देखिएको खानेपानीको समस्यालाई सम्बोधन गर्न खानेपानी संस्थानले अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा तत्काल समाधान खोज्नुपर्ने उनले औल्याए ।
कर्मचारीहरूलाई जनसेवाको भावनाले अहोरात्र खटिन र आवश्यक सल्लाह तथा सहकार्यका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन मन्त्री यादवको निर्देशन छ ।
खानेपानीको पहुँच सुनिश्चित गर्न सबै तहका सरकारी संयन्त्रहरू जिम्मेवारीपूर्वक अघि बढ्न जरुरी रहेकोमा उनको जोड छ ।