काठमाण्डौँ । वितेको एक हप्तामा ५२ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ ।
संक्रमितहरु देशका ५ प्रदेशभित्रबाट रहेका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले जनाएको छ ।
ईडिसिडीको तथ्यांक अनुसार ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमित छन् । अर्थात् त्यँहामात्र ३३ जनामा सङ्क्रमण भएको पाइएको छ ।
यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ तथा गण्डकी प्रदेशमा १ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।