ट्रेन्डिङ

सिर्सिया नदीमा हाम फाल्ने किशोरीको पहिचान खुल्यो

बीरगन्ज । पर्साको सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको छ । आइतबार बिहान ९ बजे सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको हो ।

बीरगन्ज महानगरपालिकाको रानीघाटस्थित पुलबाट सिर्सिया नदीमा हाम फाल्ने किशोरीको पहिचान खुलेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नदीमा हाम फाल्ने किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा निवासी १७ वर्षीया रमिता कुमारी दास रहेकी छन् ।

नदीमा बेपत्ता रमिताको खोजी भइरहेको र हालसम्म फेला नपारेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै