ट्रेन्डिङ

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा

वीरगन्ज । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा दिएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो।

आज बिहानैदेखि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरू ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन्। नेपालको जेठो वीर अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा बिरामीहरू अन्योलग्रस्त देखिएका छन्। ओपीडी काउन्टर बन्द गरिएको सूचना पढेर उनीहरू फर्किन बाध्य भएका छन्।

केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गर्दै विभिन्न अस्पताल र चिकित्सकहरूलाई ठूलो रकम क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यसअघि असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज भने आकस्मिक बाहेकका सेवा नै बन्द गरेर विरोध प्रदर्शन गरेको हो।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने भए पनि यसको पालना नहुँदा बिरामीहरू अत्यावश्यकीय स्वास्थ्य उपचारको सेवा पाउनबाट वञ्चित हुँदै आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै