ट्रेन्डिङ

एमालेका कारण राजर्षि जनक विश्वविद्यालय निर्माणमा समस्या : विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमालेले अवरोध गरेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले एमालेवाट धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ बाट बिजयी प्रतिनिधिसभा सदस्यहरुले अवरोध गरिरहेको दाबी गरे ।

राजर्षि जनक विश्वविद्यालय स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व शिक्षा मन्त्री समेत रहेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले विश्वविद्यालय स्थापना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको भूमिकाको प्रशंसनीय रहेको स्मरण गर्दै राम स्वरुप राम सागर बहुमुखि क्याम्पसका कर्मचारी र प्रध्यापकहरुको असहयोगले समेत विश्वविद्यालय प्रभावित भएको आरोप लगाए ।

राजर्षि जनक विश्वविद्यालय वार्षिक लाखौं रुपैयाँ भाडा तिरेर विभिन्न ठाउँमा कार्यालय तथा कक्षा कोठाा स्थापना गरी सञ्चालन गर्दै आएको छ । अहिले कांग्रेसका सह महामन्त्री महेन्द्रप्रसाद यादवले नै विश्वविद्यालयको भवन मुजेलिया वा मुजेलियाभन्दा उत्तर आफ्नो निर्वाचन क्षेत्रमा बनाउन विश्वविद्यालयका उप–कुलपति अमर यादवलाई दबाब दिँदै आएका छन् । तर पत्रकार सम्मेलनमा नेता निधिले एमालेमाथि आरोप लगाएका छन् ।

उनले फुलगामाको मनियारीमा सो विश्वविद्यालयको भवन निर्माण कार्य अघि बढाउनसमेत माग गरे ।
लोकतन्त्रको आधारभूत आधारको रुपमा रहेको शिक्षा, स्वास्थ्य र रोजगार नै रहेकाले शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै