वीरगन्ज । लागू औषधसहित प्रहरीले दुइ जना युवकलाइ पक्राउ गकेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २४ वर्षका अनुत्तम बहादुर श्रेष्ठ र नवलपरासी गैडाँकोट नगरपालिका वडा नम्बर १४ घर भई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने २६ वर्षका कपिल घर्ती छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा हेटैँडा-१७ अंगारेश्वर मन्दिर परिसरभित्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मन्दिर परिसरभित्र लागू औषध सेवन भइरहेको सूचना प्रहरीलाइ आएको थियो । सोही सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको टोलीले उनीहरुलाइ एक ग्राम २३० मिली ग्राम खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थसहित पक्राउ गरिएको मकवानपुर प्रहरी बताउँछ ।
पक्राउ परेकामाथि लागू औषधसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।