ट्रेन्डिङ

स्पेन भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता, सञ्चारकर्मीसँग गरेनन् ‘साक्षात्कार’

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनले सञ्चारकर्मीहरूसँग कुराकानी नगरी सिधै फर्किएका छन्, जुन विदेश भ्रमणबाट फर्कंदा पत्रकार सम्मेलन गर्ने परम्पराविपरीत हो।

गत असार १४ गते संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको २१ सदस्यीय टोली स्पेन प्रस्थान गरेको थियो। स्पेनको सेभिया शहरमा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनका साथै अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली कतार एयरवेजमार्फत दोहा हुँदै आज काठमाडौँ फर्किएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले उनी केहीबेरअघि मात्रै विमानस्थलमा अवतरण गरेको जानकारी दिएको थियो। तर, हरेकजसो विदेश भ्रमणपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग देशका महत्त्वपूर्ण विषय र भ्रमणका उपलब्धीबारे जानकारी दिने प्रचलन रहे पनि यसपटक प्रधानमन्त्री ओली सञ्चारकर्मीसँग साक्षात्कार नगरी सिधै बाहिरिएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराएका थिए। उनले प्रधानमन्त्रीको तर्फबाट तयार पारिएको नोट प्रस्तुत गर्दै भ्रमणका बारेमा संक्षिप्त जानकारी दिएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै