ट्रेन्डिङ

वीरगन्ज सशस्त्र प्रहरीको छापा : अवैध गोदामबाट १८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१ मा बिहीबार सशस्त्र प्रहरीले एक विशेष अपरेशन गरी १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ।

भारतबाट भन्सार छलेर ल्याई अवैधरूपमा भण्डारण गरिएको अवस्थामा यी सामानहरू फेला परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज, बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यो छापा मारेको थियो।

वीरगन्ज–१ छपकैयास्थित लिलावती देवीको एकतल्ले पक्की घरका दुई कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानूको दुईतल्ले पक्की घरमा एकैसाथ छापा मारी अवैध सामानहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। यस घटनाले सीमापारिबाट हुने अवैध कारोबार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढेको देखाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै