ट्रेन्डिङ

विदेशी भूमिमा रहेको नेपालीको स्वामित्व राज्यले लिनुपर्छः श्रममन्त्री

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरुको स्वामित्व लिनु पर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा पौरखी नेपालद्धारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भुमिमा काम गरीरहेका नेपालीहरुको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन ।

उनले भने, ‘नेपाली कामदारहरु विभिन्न माध्यमबाट कामको लागि विदेशी भुमिमा पुगेका छन । कतिपय ठगिएर पुगेका छन, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात बिहिन भएर बसेका छन । तिनीहरु सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाँउमा बस्ने अवस्था भएन, पलायनको क्रम रोखिएन यि बिषयमा गम्भीरता पूर्वक समिक्षा हुनुपर्ने बताए । ‘गाँउबाट मान्छे मात्रै पलायन भएका छैनन,’ उनले भने, ‘गाँउमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन रोजगारीको अभाव सृजना भएको हो ।’

उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै