ट्रेन्डिङ

हर्क साम्पाङको खानेपानी मन्त्री यादवलाई पत्र : ‘एडीबीको ऋण चाहिँदैन, आफ्नै स्रोतले धानेर गुजारा गरौँला’

वीरगन्ज । धरानका मेयर हर्क साम्पाङले नगरका लागि विनियोजित बजेट र विदेशी ऋणको विषयमा खानेपानी मन्त्री प्रदीप यादवलाई कडा शब्दमा पत्र लेखेका छन्।

उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले धरानको खानेपानी योजनामा छुट्याएको ४ करोड रुपैयाँप्रति असन्तुष्टि जनाउँदै बाँकी रकम एडीबीबाट ऋण लिएर ल्याउने कुरा आफूलाई मान्य नभएको स्पष्ट पारेका हुन्।

मेयर साम्पाङले पत्रमा लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला, अन्यथा हामी आफैं खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला।’ उनले धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबी ऋणसमेत तिर्न बाँकी रहेको भन्दै देशलाई विदेशी ऋणको अनावश्यक भार बोकाउनु उचित नहुने तर्क गरेका छन्।

साम्पाङले कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन आफूले धेरै पटक मन्त्रालय धाएको स्मरण गराएका छन्। उनको यो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै