ट्रेन्डिङ

गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक जना पक्राउ

वीरगन्ज । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुञ्जन राई रहेका छन्।

गुञ्जन राईलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

गायिका चौहानले आफूलाई गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। पक्राउ परेका राईविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै