जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुरमा अन्दाजी ७५ वर्षीय बासुदेव प्रसाद विमलको आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेका छन्।
बुधबार बिहान करिब ७५ वर्षीय बासुदेवलाई उनका ज्वाइँ बेचन महासेठले उनकै घरमा प्रवेश गरी छुरा प्रहार गरेका थिए। बेचन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका बासिन्दा हुन्।
पारिवारिक विवादका कारण ज्वाइँ बेचनले ससुरामाथि घरभित्रै छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका बासुदेवलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।
घटनापश्चात् हत्याका आरोपित बेचन महासेठ फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।