ट्रेन्डिङ

सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवः मधेश प्रदेशमा विशेष सामाजिक कार्यक्रमहरू सम्पन्न

जनकपुरधाम । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरूको आयोजना गरेको छ।

यसै सन्दर्भमा, मधेश प्रदेशमा पनि विशेष गतिविधिहरू सञ्चालन गरिएका छन्, जसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

सशस्त्र प्रहरी बल नेपालको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको आयोजना र नं. ७ गण, सिरहाको समन्वयमा असार १४ गते महोत्तरीको वरियारपट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। यस शिविरमा ५ सय २२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण समेत गरिएको थियो।

यसैगरी, सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशले वार्षिकोत्सवको अवसरमा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, शम्भुनाथ, सप्तरीका विद्यार्थीहरूलाई खेलकुद तथा मनोरञ्जनका सामग्रीहरू हस्तान्तरण गरेको छ। यसले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सव असार १७ गते विविध कार्यक्रमका साथ मनाउँदै आएको छ। देशभरका विभिन्न सशस्त्र प्रहरी कार्यालयहरूले पनि यस अवसरमा सामाजिक कार्यहरू जारी राखेका छन्। यी कार्यक्रमहरूले सशस्त्र प्रहरी बलको सामाजिक उत्तरदायित्व र जनमैत्री छविलाई थप बल पुर्‍याएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै