वीरगन्ज । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त गर्दै आएका सरकारी सेवा–सुविधाहरू त्याग्ने तयारी गरेकी छिन्।
साउन महिनादेखि लागू हुने गरी सरकारी सुविधा नलिने भन्दै गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भइरहेको बुझिएको छ।
पूर्वराष्ट्रप्रमुखले सरकारी सुविधा लिइरहँदा पार्टीको राजनीतिमा सक्रिय हुँदा प्रश्न उठ्न सक्ने भएकाले भण्डारीले यस्तो निर्णय लिएको बताइएको छ। हाल गृह मन्त्रालयले पूर्वराष्ट्रपति भण्डारीलाई एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी लगायतका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।
यद्यपि, भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू भने यथावत रहनेछन्।