वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
उनलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेषले गरेको म्याद तामेलीपछि नेपाल बुधबार बिहान अदालतमा आफैँ उपस्थित भएका थिए ।