ट्रेन्डिङ

एकल महिला सुरक्षा कोष स्थापना गर्न पालिकासँग माग

जनकपुरधाम । १५ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसमा एकल महिला सुरक्षा कोषको विषयमा संवाद कार्यक्रम गरी मनाइएको छ ।
‘सहानुभूति होइन, माया र सम्मान गर’ भन्ने मूल नाराका साथ जनकपुरधाममा सोमबार एकल महिला सुरक्षा कोषको स्थापना गर्नका लागि एकल महिलाहरुले स्थानीय तहलाई दबाब दिएका छन् ।
एकल महिला सुरक्षा कोषको विषयमा संवाद तथा छलफल गर्दै वक्ताहरुले एकल महिलाहरूको हक, अधिकार तथा सुरक्षाको सवालमा स्थानीय र प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

मानव अधिकारको लागि महिला–एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आलेले सरकारको बेवास्ता र नीतिगत कमजोरीले एकल महिलाहरू थप पीडित बनेको जनाइन् । अध्यक्ष आलेले भनिन्, ‘एकल महिलाहरूलाई सहानुभूतिको होइन, आत्मसम्मानका साथ मायाँ र सम्मान दिइनुपर्छ । उनीहरूको आत्मनिर्भरता सुनिश्चित गर्ने कार्यक्रम आवश्यक छ ।’

एकल महिलाहरूको सामाजिक, आर्थिक र मानसिक अवस्थाबारे गहिरो छलफल गरिएको थियो । सो कार्यक्रममा वक्ताहरुले एकल महिलाहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत विषयमा कार्यक्रम ल्याउन माग जोड दिएका छन् । अध्यक्ष आलेले स्थानीय तहरुले एकल महिला सुरक्षा कोष स्थपाना नगर्दा एकल महिलाहरुलाई निकै समस्याहरुबाट बाध्यतावश गुज्रिनु परेको बताइन् ।

आगामी दिनमा एकल महिलाको सशक्तीकरणका लागि ठोस योजना र नीतिहरू लागू गर्न सरकारलाई दबाब दिन पनि संकल्प व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै