ट्रेन्डिङ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक दिनका लागि सर्‍यो

वीरगन्ज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक दिन पछि सरेको छ।

यही असार १५ गतेका लागि तय गरिएको बैठक अब असार १६ गते दिउँसो १ बजे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विशेष कारणवश बैठकको मिति सारिएको भए पनि स्थान भने परिवर्तन गरिएको छैन। बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमै बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै