ट्रेन्डिङ

मुख्यमन्त्री सिंहद्वारा वीरगन्जको मानवसेवा आश्रम अवलोकन

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज बिहान वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन गरेका छन्।

यस अवसरमा उनले आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकहरूको सेवा गर्दै समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरिरहेको बताएका छन्।

मुख्यमन्त्री सिंह जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको टोलीसहित आश्रम पुगेका थिए। उनले आश्रमको सेवा भावना, सुदृढ व्यवस्थापन र समर्पित टोलीको कामप्रति गहिरो सम्मान व्यक्त गरे।

अवलोकनका क्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकार सामाजिक सेवामा संलग्न यस्ता संस्थाहरूसँग सहकार्य गर्दै मानव कल्याणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै