ट्रेन्डिङ

निरन्तरको वर्षाबाट बँच्नका लागि सावधानी अपनाउन ट्राफिक प्रहरी पर्साले सार्वजनिक गर्यो ८ बुँदे अनुरोधपत्र

बीरगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले निरन्तर परेको वर्षाबाट बँच्न सावधानी अपनाउन आग्रह गरेको छ । ट्राफिक प्रहरी पर्साले विभिन्न ८ बुँदे अनुरोधपत्र सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।

पत्रमार्फत प्रहरीले अविरल वर्षाका कारण सडकमा पानी जम्ने र यसले दुर्घटना निम्त्याउने भएकोले विशेष गरि सवारी चालकहरूलाई सतर्कता अपनाउन भनेको छ ।

प्रहरीले सार्वजनिक गरेको पत्रको पहिलो बुँदामा चालकहरुलाइ सामान्य गतिमा सवारी चलाउन भनेको छ । पानी परेको समयमा ब्रेक लगाँउदा चिप्लो हुने भएकाले विस्तारै तथा सावधानीपूर्वक ब्रेक लगाउन प्रहरीले आग्रह गरेको छ ।

यसैगरि चालकहरुलाइ अनिवार्य हेलमेटको प्रयोग गरि हेडलाइट र टेल लाइटहरू खुला राख्न, सडकमा खाल्डाखुल्डी वा नहर जस्तो पानी जमेको हुन सक्ने भएकोले अगाडि बढ्नुअघि सडकको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ ।

यस्तै प्रहरीले सवारी साधनको टायरहरू चेक गर्न, अर्को सवारीसाधनसँगको दूरी बढाउन, फोहोर वा कीचडबाट बचेर सवारी चलाउन तथा पानी जमेको बाटोबाट सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै