ट्रेन्डिङ

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहन बस्नेत दोषी ठहर, ९ करोड बढी घुस लिएको पुष्टि

वीरगन्ज । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बस्नेतलाई ९ करोड २२ लाख रुपैयाँभन्दा बढी घुस लिएको र १३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले नेपाली कांग्रेसबाट दुई कार्यकाल निर्वाचित बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट उक्त रकम घुस लिएको पुष्टि गरेको छ। घुसबापत प्राप्त रकम र जग्गालाई विभिन्न व्यक्तिलाई बिक्री गरी सम्पत्ति शुद्धीकरण गरेको पनि आदेशमा उल्लेख छ।

दोषी ठहर भएका मेयर बस्नेत र घुस दिने राजुप्रसाद कँडेलको सजाय निर्धारणका लागि असार १६ गते पेशी तोकिएको छ। यद्यपि, मेयर बस्नेतकी पत्नी उर्मिलाले भने यस मुद्दाबाट सफाइ पाएकी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै