ट्रेन्डिङ

बृहत्तर जनकपुर विकास परिषद्‌मा भ्रष्टाचार : तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा दायर

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‌मा आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सवारीसाधन खरिद, मर्मतसम्भार, सौन्दर्यीकरण र गेट निर्माणका नाममा ५१ लाख ७१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।

मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव तथा कार्यकारी निर्देशक ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर समावेश छन्।

अख्तियारका अनुसार, श्रीमतीको नाममा खरिद गरिएको गाडीको सरकारी कोषबाट भुक्तानी दिइएको, यात्री निवासको मर्मतसम्भार, सौन्दर्यीकरण र गेट निर्माणमा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरिएको, र गाडीको इन्धन तथा मोबिलका नाममा समेत राज्यकोषको दुरुपयोग गरिएको आरोप छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै