ट्रेन्डिङ

प्रधानमन्त्री ओलीद्वारा त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन

वीरगन्ज । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयभित्र भएका तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा विश्वविद्यालयका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीले प्रधानमन्त्रीसमक्ष विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने भन्दै लिखितपत्र प्रस्तुत गरेका थिए । उपकुलपति केसीले तोडफोडमा संलग्नहरूलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिइए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकोमा चिन्ता व्यक्त गरे ।

असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीहरूले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको उनले अवगत गराए । प्रधानमन्त्री ओलीको पहलबाट आफूहरूलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको केसीले बताए ।

गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै