फाइल तस्बीर
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्।
तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले यसअघि हाजिरी जमानीमा छुटेका थिए। अदालतमा हाजिर भएसँगै मिश्रको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान भइरहेको छ। बयानपश्चात अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ।
हिजो मात्र राप्रपाका सांसद धवलशमशेर राणाले अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनलाई अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो। रवीन्द्र मिश्रको हकमा भने आजको बहसपछि मात्र अदालती आदेश आउनेछ।